शुक्रबार, बैशाख ४, २०८३
Follow us:

पोखरामा जुवातास खेलिरहेका १७ जना चार लाखसहित पक्राउ

पोखरामा जुवातास खेलिरहेका १७ जना चार लाखसहित पक्राउ

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार २४, २०८२

  • 112
    SHARES
पोखरामा जुवातास खेलिरहेका १७ जना चार लाखसहित पक्राउ

पर्वत। जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा तास खेलिरहेको अवस्थामा पोखराबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जि।सी। का अनुसार पोखराका दुई स्थानबाट उनीहरूलाई कुल चार लाख १३ हजार रुपैयाँ सहित नियन्त्रणमा लिइएको हो।

जुवा तास खेल्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१० रक्षा मार्ग अनुसन्धान गरेको थियो। उक्त स्थानबाट जुवा तास खेलिरहेका नौ जनालाई नगद दुई लाख बाइस हजार असी रुपैयाँ सहित पक्राउ गरिएको हो।

उक्त जुवाको खालबाट पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने ३८ वर्षीय ई प्रसाद छन्त्याल, पोखरा–११ फूलबारी बस्ने ३९ वर्षीय हेम नारायण गर्बुजा, पोखरा–१२ माटेपानी बस्ने ४१ वर्षीय लिल प्रसाद गुरुङ, पोखरा–२९ सैनिक बस्ती बस्ने ५१ वर्षीय टेक बहादुर गुरुङ, पोखरा–१६ बस्ने ३४ वर्षीया रेनु गर्बुजा, पोखरा–९ न्युरोडमा बस्ने ३४ वर्षीया दिपा पुन, पोखरा–१५ नयाँगाँउ बस्ने ३२ वर्षीया जेनिषा पुन, पोखरा–१४ चाउथे बस्ने ३७ वर्षीया पुष्पा पुन र पोखरा–१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दल बहादुर पुन रहेका छन्।

यस्तै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ घले चोकमा जुवा तास खेल्दै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक जि।सी।का अनुसार उनीहरूको साथबाट एक लाख ९० हजार नौ सय पचासी रुपैयाँ बरामद भएको छ।

उक्त स्थानबाट पोखरा–१० बस्ने ३४ वर्षीय चन्द्र बहादुर पुन, ४४ वर्षीया कल्पना भन्ने टिकामाया आले, ३७ वर्षीया विष्णु थापा, पोखरा–१५ लक्ष्मी टोल बस्ने ४२ वर्षीया सोनी गुरुङ, घले चोक बस्ने ४२ वर्षीया हिमाल गुरुङ, पोखरा–१९ लामाचौर बस्ने ४५ वर्षीया केश कुमारी गुरुङ, पोखरा–१० बस्ने ५१ वर्षीया टोप बहादुर थापा र पोखरा–१५ मितेरी टोलमा बस्ने ६७ वर्षीय बलराम गुरुङ रहेका छन्।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरीले बताएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology