बुधबार, जेष्ठ २०, २०८३
Follow us:

रास्वपा सरकारको पहिलो बजेट आज प्रस्तुत हुँदै

रास्वपा सरकारको पहिलो बजेट आज प्रस्तुत हुँदै

  • सत्य खबर नेपाल

  • शुक्रबार, जेष्ठ १५, २०८३

  • 20
    SHARES
रास्वपा सरकारको पहिलो बजेट आज प्रस्तुत हुँदै

काठमाडौं । नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। नेपालको संविधान अनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। देशै भरिका मतदाताले परिवर्तनको चाहना राखि यस पटक दुई तिहाइ बहुमत प्राप्त नयाँ रास्वपा सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा दिउँसो ४ बजे यो बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको  बजेट प्रस्तुत गर्दै छन् । अर्थमन्त्री वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन्।

२०७२ सालमा  नेपालको संविधान  जारी भएयता हरेक वर्ष जेठ १५ गते अर्थात गणतन्त्र दिवस कै दिन बजेट प्रस्तुत गर्ने संवैधानिक अभ्यास छ । सोहीअनुसार आज दिउँसो ४ बजे सिंहदरबारस्थित सङ्घीय संसद्को नवनिर्मित हलमा बजेट सार्वजनिक हुने कार्यक्रम तय भएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन पश्चात करिब दुई तिहाइ जनमतसहित गठन भएको रास्वपा नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले राजनीतिक तथा आर्थिक वृत्तमा यसलाई विशेष चासोका साथ हेरिएको छ ।

यस बजेटमा सुशासन, सार्वजनिक खर्च नियन्त्रण, सेवा प्रवाहमा सुधार र उत्पादनमुखी अर्थतन्त्रको विकासलाई विशेष प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

 

आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको छ। चालु आर्थिक वर्षको सुरुआती बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको भए पनि त्यसलाई मध्यावधि समीक्षामार्फत घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित गरिएको थियो ।

गत भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको तत्कालीन सरकारले अर्थमन्त्री रामेश्वर खनालमार्फत खर्च कटौतीसहितको संशोधित बजेट सार्वजनिक गरेको थियो । यस्तो पृष्ठभूमिमा आउन लागेको रास्वपा सरकारको यो बजेटलाई वर्तमान सत्ता गठबन्धनको आर्थिक दिशा र राजनीतिक प्रतिबद्धताको पहिलो ठूलो परीक्षणका रूपमा विश्लेषकहरूले हेरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology