बिहिबार, भदौ २५, २०८३
Follow us:

मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न गोरखा प्रशासनको आग्रह

मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न गोरखा प्रशासनको आग्रह

  • सत्य खबर नेपाल

  • आइतवार, भदौ २१, २०८३

  • 14
    SHARES
मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न गोरखा प्रशासनको आग्रह

२१ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै पदयात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले आइतबार सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म पदयात्रा रोक्न आग्रह गरेको हो।

आइतबार बिहान करिब ३ः३० बजे चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा आएको बाढीले पदमार्ग, पुललगायतका संरचनामा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ।

बाढीका कारण चुमनुव्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुल समेत बगाएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

पुल तथा पदमार्गमा क्षति पुगेपछि मनास्लु पदमार्ग र लार्केपास पदमार्गमा आवतजावत जोखिमपूर्ण बनेको भन्दै प्रशासनले यात्राको तयारीमा रहेका तथा हाल यात्रामा रहेका पदयात्रीलाई समेत अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न/नगराउन अनुरोध गरेको छ।

प्रशासनले सम्भावित विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय, प्रहरी चौकी, स्थानीय तह तथा सम्बन्धित सम्पर्क नम्बरमा तत्काल जानकारी गराउन पनि आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार बाढीका कारण उक्त क्षेत्रमा पदयात्रा, होटल तथा जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ।

हेरौ सूचनाः


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology