शनिबार, साउन ३०, २०८३
Follow us:

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा रास्वपालाई मानव अधिकार आयोगको पत्र

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा रास्वपालाई मानव अधिकार आयोगको पत्र

  • सत्य खबर नेपाल

  • बुधबार, असार १७, २०८३

  • 32
    SHARES
बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा रास्वपालाई मानव अधिकार आयोगको पत्र

काठमाडौं, असार १७ — राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने सूचना तथा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टीकरण मागेको छ।

आयोगले असार १५ गते रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको हो वा होइन भन्ने विषयमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ।

आयोगका अनुसार पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सदस्यता वितरण गरिएको उल्लेख भएमा त्यस्तो कार्य प्रचलित नेपाल कानून तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुन सक्ने भएकाले तथ्यगत जानकारी मागिएको हो।

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम जानकारी मागिएको आयोगले जनाएको छ।

हेरौं पत्रः


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology