शनिबार, साउन ३०, २०८३
Follow us:

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

  • सत्य खबर नेपाल

  • शनिबार, असार २०, २०८३

  • 47
    SHARES
सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

काठमाडौं । निजामती कर्मचारीलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ।

आजदेखि मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अब कर्मचारीहरूले सामान्य स्वास्थ्य सेवाका लागि अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम हुने भएको छ। कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराएर सेवा प्रवाहलाई थप सहज बनाउने लक्ष्य राखिएको छ।

निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालय परिसरमै स्वास्थ्य सेवा इकाई स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

उक्त सेवा मुख्य रूपमा निजामती कर्मचारी र मन्त्रालयका कर्मचारीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology