बुधबार, जेष्ठ २०, २०८३
Follow us:

‘कुलिङ पेरियड’बारे छानबिनका लागि बन्यो संसदीय समिति

‘कुलिङ पेरियड’बारे छानबिनका लागि बन्यो संसदीय समिति

  • सत्य खबर नेपाल

  • सोमवार, असार २३, २०८२

  • 164
    SHARES
‘कुलिङ पेरियड’बारे छानबिनका लागि बन्यो संसदीय समिति

काठमाडौं। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको चलखेलबारे छानबिन गर्न विशेष संसदीय समिति गठन भएको छ। सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिभिसभाको बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन्। समितिलाई २१ दिनको समय दिइएको छ।

समितिमा नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा पठाएको छ। नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहेका छन्।

त्यस्तै माओवादी केन्द्रले सांसद माधव सापकोटालाई समितिमा पठाएको छ। त्यसैगरि रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्की रहेका छन्।

शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो। सभामुखको प्रस्ताव सभाबाट सर्वसम्मतीले पारित भएको छ।

यसअघि समितिलाई १५ दिनको समय दिन सहमति भएको भए पनि केही बढाएर २१ दिन पुर्‍याइएको हो। समितिको नेतृत्व नेपाली कांग्रेसका सांसदले गर्नेछन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology