काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन्।
सोमवार काठमाडौँमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताए। उनले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गरे।
अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताए।प्रधानमन्त्री ओलीले नेपालमा केही विपरित कुराहरु भइरहेको उल्लेख गरे।