शुक्रबार, बैशाख ४, २०८३
Follow us:

दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु दुर्भाग्यपूर्ण : नेविसंघ

दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु दुर्भाग्यपूर्ण : नेविसंघ

  • सत्य खबर नेपाल

  • बुधबार, असार २५, २०८२

  • 177
    SHARES
दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु दुर्भाग्यपूर्ण : नेविसंघ

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याललाई नियुक्त गर्नु दुर्भाग्यपूर्ण रहेको बताएको छ। नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सभापति बिष्णु बडैलाले बुधबार विज्ञप्ति जारी गर्दै नियुक्तिलाई अस्वीकार गर्ने बताएको छ।

‘विशेषतः कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै प्रा डा दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु अत्यन्त दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो नियुक्तिले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक संस्था होइन, राजनीतिक प्रयोगशालाको रूपमा परिणत गरिएको अनुभूति गराएको छ।’

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको विश्वविद्यालयप्रतिको दृष्टिकोण शिक्षा र अनुसन्धानभन्दा राजनीतिमा केन्द्रित देखिएको देखिएको आरोप पनि नेविसंघले लगाएको छ।

‘नेपाल विद्याथी संघ सिफारिसको भरमा गरिने यस्ता राजनीतिक नियुक्तिहरूलाई पूर्णतः अस्वीकार गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुलपति समेत रहेका प्रधानमन्त्रीज्यूको विश्वविद्यालयप्रतिको दृष्टिकोण यथार्थमै शिक्षा र अनुसन्धानभन्दा राजनीतिमा केन्द्रित देखिएको छ, जुन गत मेरिट आधारित उपकुलपतिको राजीनामासँगै थप स्पष्ट भएको छ।’

त्रिभुवन विश्वविद्यालयमा मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्त गरिनुपर्ने आफूहरुको निरन्तरको माग रहेको नेविसंघले बताएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology