शनिबार, जेष्ठ ३०, २०८३
Follow us:

फेरि गृहमन्त्रीमा सुधन गुरुङ फर्कँदै, आजै ३ बजे हुने शपथ

फेरि गृहमन्त्रीमा सुधन गुरुङ फर्कँदै, आजै ३ बजे हुने शपथ

  • सत्य खबर नेपाल

  • मङ्लबार, जेष्ठ २६, २०८३

  • 25
    SHARES
फेरि गृहमन्त्रीमा सुधन गुरुङ फर्कँदै, आजै ३ बजे हुने शपथ

काठमाडौं । गृहमन्त्री पदमा पुनः सुधन गुरुङ नियुक्त हुने भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले उनको नियुक्तिको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ।

गुरुङले आज अपराह्न ३ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका गुरुङलाई पुनः उक्त मन्त्रालयको नेतृत्व सुम्पिने निर्णय भएको हो।

यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology