काठमाडौं, असार ३१ — नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरी सरकारविरुद्ध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले “राज्य आतंक बन्द गर”, “सिंहदरबार खबरदार”, “यो सरकार जनताको कि विदेशीको?” लगायतका नारासहित विरोध जनाएका थिए। प्रदर्शनका कारण केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो।
प्रहरीले प्रदर्शनकारीलाई हटाउँदै केहीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी लगायतका नेता तथा कार्यकर्ता रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टाईका अनुसार प्रदर्शनमा सहभागीहरूलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।
यसैबीच अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी आफ्ना नेता–कार्यकर्तामाथि गरिएको पक्राउप्रति आपत्ति जनाएको छ। विज्ञप्तिमा अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक कमरेड रवि मगर तथा केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन रास्ट्रीय कमिटी सचिव सुदिप थापा र CTEVT रास्ट्रीय कमिटी सदस्य शिरीष बुढाथोकीलाई बिनाशर्त तत्काल रिहा गर्न माग गरिएको छ। साथै, तत्काल रिहा नगरिए देशव्यापी सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिइएको छ।
हेरौं विज्ञप्तिः
