मङ्लबार, साउन २६, २०८३
Follow us:

प्रधानमन्त्री बालेन शाहको पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक

प्रधानमन्त्री बालेन शाहको पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक

  • सत्य खबर नेपाल

  • शुक्रबार, साउन २२, २०८३

  • 15
    SHARES
प्रधानमन्त्री बालेन शाहको पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक

काठमाडौं, २२ साउन । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रतिवेदन सार्वजनिक गरिएको हो।

प्रतिवेदनलाई चौमासिक भनिए पनि यसमा २०८३ साल वैशाख, जेठ र असार महिनामा सम्पन्न भएका कार्यहरूको विवरण समेटिएको छ।

प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वरूप, प्रकृति, काम, कर्तव्य, अधिकार, कर्मचारी विवरण तथा उक्त अवधिमा सम्पादन गरिएका प्रमुख कार्यहरू समावेश छन्।

वैशाख १ गतेदेखि असार मसान्तसम्म २१ वटा मन्त्रिपरिषद् बैठक बसेका छन्, जसबाट ३८४ वटा निर्णय भएका छन्। यस अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिका ८ वटा बैठक सम्पन्न भई १२ वटा निर्णय भएका छन्।

त्यस्तै, नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, साथै ‘शून्य बाँकी फाइल अभियान’ प्रभावकारी बनाउन सबै मन्त्रालय, निकाय, आयोग तथा स्थानीय तहलाई मार्गदर्शनसहित पत्राचार गरी एकीकृत प्रगति प्रतिवेदन माग गरिएको उल्लेख गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology