शनिबार, साउन ३०, २०८३
Follow us:

आज साउनको अन्तिम सोमबार : ‘सोमप्रदोष व्रत’को दुर्लभ संयोग

आज साउनको अन्तिम सोमबार : ‘सोमप्रदोष व्रत’को दुर्लभ संयोग

  • सत्य खबर नेपाल

  • सोमवार, साउन २५, २०८३

  • 7
    SHARES
आज साउनको अन्तिम सोमबार : ‘सोमप्रदोष व्रत’को दुर्लभ संयोग

२५ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । यस अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

धार्मिक मान्यताअनुसार साउनको सोमबार भगवान् शिवको पूजा, व्रत, दान तथा जल अर्पण गर्न विशेष शुभ मानिन्छ। साउनभर व्रत बस्न नसकेकाहरूले अन्तिम सोमबार व्रत बसेर पूजा गरे पनि मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ।

बोलबम तीर्थालुको पनि घुइँचो
सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा अर्पण गर्ने बोलबम तीर्थालुसहित विभिन्न शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ। डोलेश्वर, कुम्भेश्वर, हलेसी, पिण्डेश्वर, गलेश्वर, गुप्तेश्वर, कपिलेश्वर, देवघाटधामलगायतका धार्मिकस्थलमा पनि विशेष चहलपहल छ।

 सोमप्रदोष व्रतको संयोग

यस वर्ष साउनको अन्तिम सोमबार ‘सोमप्रदोष व्रत’ को संयोग परेको धर्मशास्त्रका जानकारहरूले बताएका छन्। सोमबारका दिन त्रयोदशी तिथि परेमा त्यसलाई सोमप्रदोष भनिन्छ।

प्रदोषकाल अर्थात् सूर्यास्त आसपासको समय भगवान् शिवको आराधनाका लागि विशेष शुभ मानिन्छ। धार्मिक विश्वासअनुसार साँझ दीप प्रज्वलन गरी शिवपूजा, बेलपत्र तथा दूध, दही, घ्यू आदिले अभिषेक गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।

साउनको अन्तिम सोमबार, शिवभक्तिको विशेष दिन ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology