सोमवार, साउन ११, २०८३
Follow us:

मल्टि-डेस्टिनेसन एडमिसन डे २०२६ भव्यताका साथ सम्पन्न

मल्टि-डेस्टिनेसन एडमिसन डे २०२६ भव्यताका साथ सम्पन्न

  • सत्य खबर नेपाल

  • बुधबार, असार ३, २०८३

  • 40
    SHARES
मल्टि-डेस्टिनेसन एडमिसन डे २०२६ भव्यताका साथ सम्पन्न

३ असार काठमाडौँ — शैक्षिक परामर्शको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल प्यासन फाउन्डेसन (Passion Foundation) को आयोजनामा ‘मल्टि-डेस्टिनेसन एडमिसन डे २०२६’ (Multi-Destination Admission Day 2026) भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। पुतलीसडकस्थित फाउन्डेसनकै कार्यालय (सेयर मार्केटको कार्यालय विपरीत) मा असार ३ गते बिहान १०:०० बजेदेखि बेलुका ०५:०० बजेसम्म उक्त मेला सञ्चालन भएको थियो।

कार्यक्रममा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, युके (UK), क्यानडा लगायतका विभिन्न वैदेशिक शैक्षिक गन्तव्यमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। मेलामा उपस्थित विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी विशेषज्ञ परामर्श, युनिभर्सिटी गाइडलाइन र विभिन्न शैक्षिक अवसरहरूका बारेमा जानकारी लिएका थिए।

“हामीलाई विश्वास गरेर यस कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउनुहुने सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। विद्यार्थीहरूको यो उत्साहले हामीलाई थप प्रेरित गरेको छ। हामी आगामी दिनमा पनि तपाईंहरूको विदेश अध्ययनको यात्रालाई सहज बनाउन र शैक्षिक लक्ष्यहरू प्राप्त गर्न निरन्तर सहयोग गरिरहने छौँ।” मल्टि-डेस्टिनेसन एडमिसन डे २०२६ को आयोजक प्यासन फाउन्डेशनका संस्थापक पुष्पराज पहराईले बताउनु भयो ।

यस विशेष अवसरमा सहभागी विद्यार्थीहरूका लागि आकर्षक उपहारका साथै ५०% सम्मको छुटनिःशुल्क IELTS / PTE / Duolingo कक्षाहरू जस्ता विशेष अफरहरू समेत प्रदान गरिएको थियो।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology