सोमवार, साउन ११, २०८३
Follow us:

सभापति रवि लामिछाने र प्नधानमन्त्रि बालेन्द्र शाह बिच छलफल

सभापति रवि लामिछाने र प्नधानमन्त्रि बालेन्द्र शाह बिच छलफल

  • सत्य खबर नेपाल

  • सोमवार, असार २९, २०८३

  • 28
    SHARES
सभापति रवि लामिछाने र प्नधानमन्त्रि बालेन्द्र शाह बिच छलफल

असार २८, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच गणेश नेपालीको आत्मदाह प्रकरण तथा सुकुम्बासी व्यवस्थापनलगायतका विषयमा छलफल भएको छ।

सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा आइतबार भएको भेटमा सरकारका कामकारबाही तथा समसामयिक विषयमा छलफल भएको उनीहरू निकट नेताहरूले बताएका छन्।

छलफलका क्रममा सभापति लामिछानेले सुकुम्बासी व्यवस्थापन के कसरी भइरहेको छ भन्ने चासो राख्दा प्रधानमन्त्री शाहले सुकुम्बासी व्यवस्थापनको सबै काम भइरहेको र चाँडै उक्त समस्या समाधान हुने जवाफ दिनुभएको छ।

त्यस्तै, त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि शरीरमा आगो लगाई ज्यान गुमाएका मुगुका गणेश नेपालीको विषयमा पनि सभापति र प्रधानमन्त्रीबीच छलफल भएको छ।

प्रधानमन्त्री शाहले गणेश नेपालीका सम्बन्धमा काठमाडौं महानगरपालिकाले गरेको सहमति तथा केन्द्र सरकारले गरिरहेको कामबारे जानकारी दिनुभएको थियो।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology