बिहिबार, भदौ २५, २०८३
Follow us:

रास्वपाले टुंग्यायो विभाग प्रमुख, प्रवक्तामा जगदीश खरेल

रास्वपाले टुंग्यायो विभाग प्रमुख, प्रवक्तामा जगदीश खरेल

  • सत्य खबर नेपाल

  • शुक्रबार, भदौ ५, २०८३

  • 9
    SHARES
रास्वपाले टुंग्यायो विभाग प्रमुख, प्रवक्तामा जगदीश खरेल

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न विभागका प्रमुखको जिम्मेवारी टुंगो लगाएको छ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ।

त्यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्यमा डा. तोसिमा कार्की, पूर्वाधारमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिकमा शिशिर खनाल र अर्थ विभागमा लीमा अधिकारीलाई जिम्मेवारी दिइएको छ।

बैठकले पूर्वमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्तासमेत मनोनित गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology