बिहिबार, भदौ २५, २०८३
Follow us:

प्रधानमन्त्री शाहको भ्रमणबारे सचिबालयले नै लुकाउँछन् सूचना

प्रधानमन्त्री शाहको भ्रमणबारे सचिबालयले नै लुकाउँछन् सूचना

  • सत्य खबर नेपाल

  • शुक्रबार, भदौ ५, २०८३

  • 10
    SHARES
प्रधानमन्त्री शाहको भ्रमणबारे सचिबालयले नै लुकाउँछन् सूचना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको काठमाडौं बाहिरका भ्रमणबारे प्रधानमन्त्री सचिवालयले औपचारिक जानकारी नदिने गरेको पाइएको छ।

शाह शुक्रबार स्थलमार्ग हुँदै पोखरा पुगेको र त्यहाँबाट मुस्ताङ जाने तयारी रहे पनि पोखरा बसाइ, भेटघाट तथा भ्रमण तालिकाबारे सम्बन्धित प्रशासनलाई समेत औपचारिक जानकारी नदिइएको बताइएको छ।

कास्की र मुस्ताङका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीको भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको बताएका छन्। यसअघि चितवन भ्रमणका क्रममा पनि प्रधानमन्त्रीको बसाइबारे सचिवालयले सार्वजनिक जानकारी नदिएको समाचारमा उल्लेख छ।

सुरक्षाको कारण देखाउँदै भ्रमणसम्बन्धी विवरण सार्वजनिक नगर्ने सचिवालयको शैलीप्रति प्रश्न उठेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology