काठमाडौँ। काठमाडौँको बैद्धमा आगलागी हुँदा एकजना महिलाको ज्यान गएको छ।
बिहीबार अपरान्ह काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्ली स्थित हरि प्रसाद गौतमको साढे ३ तले घरको भुईं तलाको कोठामा बस्ने काभ्रेको चौंरीदेउराली–३ की ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
बायाँ खुट्टा नभएकी (अपांग) उर्मिलाको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो।
आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जली क्षति भएको छ। आगलागीको कारण खुलेको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।