काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले पहिलोपटक आफ्नो उत्पादन घ्यू दुबई निर्यात थालेको छ।
शुक्रबार ६ सय किलो घ्यू जहाजमार्फत दुबई पठाइएको हो। डीडीसीले दुबई निर्यातका लागि रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।
नेपाली उत्पादनको प्रवर्द्धन गर्दै माग बढेपछि थप परिमाणमा निर्यात गर्ने तयारी रहेको डीडीसीले जनाएको छ। आगामी दिनमा भारत हुँदै कन्टेनरमार्फत निर्यात गर्ने र मध्यपूर्वका अन्य देशमा समेत घ्यू तथा अन्य उत्पादन बिक्री गर्ने योजना छ।