काठमाडौं । लुम्बिनी प्रदेशले २१औँ अडान स्थापना दिवसको अवसरमा प्रकाशित गरेको ‘लुम्बिनी अडान जर्नल’मा लेखरचना योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ।
गत साउन १७ गते औपचारिक कार्यक्रमका बिच उक्त जर्नलको बिमोचन गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित हुन नसकेका लेखक तथा योगदानकर्तालाई काठमाडौंमै आएर सम्मान गरिएको हो।

अडानका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद भट्टराईले अडान कार्यालयमा प्रदेश अध्यक्ष टुकराज पाण्डे र उपाध्यक्ष विष्णु बस्यालको उपस्थितिमा पूर्वकामु महालेखापरीक्षक महेश्वर काफ्ले,सिए डिपि दाहाल (परिश्रमी), सीए महेश घिमिरे, अडानका सीईओ मेघराज आचार्यलगायतलाई प्रमाणपत्र प्रदान गरेका हुन्।