काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ईनड्राईभले ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
विपद्का कारण प्रभावित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन उक्त सहयोग गरिएको हो। बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला निजी क्षेत्रबाट गरिएको यो सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
मानवीय संकटका बेला प्रभावित नागरिकको सहयोगमा जुटेको भन्दै ईनड्राईभ को यो कदमको प्रशंसा गरिएको छ। कम्पनीले विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको जनाएको छ।