बिहिबार, भदौ २५, २०८३
Follow us:

भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन

भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन

  • सत्य खबर नेपाल

  • बिहिबार, भदौ ११, २०८३

  • 8
    SHARES
भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले बाढी प्रभावित क्षेत्रमा रहेका घाइतेलाई तत्काल उद्धार गरी प्रारम्भिक उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने अस्थायी उपचार शिविरमा उपचार गरिनेछ।

गम्भीर अवस्थामा रहेका घाइतेलाई भने तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार गराउने तयारी गरिएको छ। घाइतेको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचारको काम अघि बढाइनेछ।

यसैगरी, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ। राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology