काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री माननीय सोविता गौतमसँग बेलायतको सर्वोच्च अदालतका न्यायाधीश Lord Hamblen, Senior President of Tribunals Lord Justice Dingemans, Mark Hill KC तथा नेपालका लागि बेलायती राजदूत Rob Fenn सहितको प्रतिनिधिमण्डलले मंगलबार मन्त्रालयमा शिष्टाचार भेटघाट गरेको छ।
भेटका क्रममा बेलायती प्रतिनिधिमण्डलले नेपालमा हालै भएको दुःखद घटनाप्रति समवेदना व्यक्त गरेको थियो।
त्यस अवसरमा नेपाल र बेलायतको न्यायिक प्रणाली, न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच, मुद्दा व्यवस्थापन, मेलमिलाप, न्याय प्रणालीमा प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स कृतिम बुद्धिमता (AI) को प्रयोग र विधिको शासन (Rule of Law) लगायतका विषयमा अनुभव आदानप्रदान गर्दै छलफल भएको थियो।
भेटमा न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र प्रविधिमैत्री बनाउने तथा नेपाल र बेलायतबीच कानून र न्यायका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।