काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन काठमाडौंस्थित राष्ट्रिय सभागृहमा गर्ने तयारी थालेको छ ।
महाधिवेशनका लागि कांग्रेसले आगामी असोज १६ देखि २० गतेसम्म राष्ट्रिय सभागृहको हल, बगैँचा तथा पार्किङ स्थल बुक गर्ने तयारी गरेको जनाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार पत्राचार गर्दै उक्त अवधिका लागि राष्ट्रिय सभागृहको हललगायत आवश्यक स्थान बुक गरिदिन आग्रह गरेका छन् ।
महाधिवेशनको तयारीस्वरूप सभागृहसहितका स्थान व्यवस्थापन गर्न कांग्रेसले प्रक्रिया अघि बढाएको हो ।