शनिबार, बैशाख ५, २०८३
Follow us:

सासू हत्या गर्ने ज्वाइँ पक्राउ

सासू हत्या गर्ने ज्वाइँ पक्राउ

  • सत्य खबर नेपाल

  • बिहिबार, असार १२, २०८२

  • 141
    SHARES
सासू हत्या गर्ने ज्वाइँ पक्राउ

पाल्पा। आफ्नै सासू हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पूर्वखोला गाउँपलिका-१ गुनडाँडा ६६ वर्षीय पूर्णबहादुर सार्की पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। उनी २१ वर्षपछि पक्राउ परेका हुन्। सोही ठाउँकी ५५ वर्षीया चिनीसरा सार्कीको हत्या गरेको आरोपमा पक्राउ गरिएको उनले बताए।

पूर्णबहादुर भारतमा लुकेर बस्दै आएका थिए। लुकिछिपी नेपाल आउने क्रममा बिहिबार बिहान (आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ स्थित जमुनाह भन्सार नजिकैबाट ती अभियुक्तलाई पक्राउ गरिएको भट्टराईले बताए।

उनीहरू नाता सम्बन्धले सासू ज्वाइँ पर्छन्। पूर्णबहादुरले चिनीसराको छोरी विवाह गरेका थिए। छोरी दोस्रो विवाह गरेर अर्कैसँग गएपछि उनीहरूबीच झगडा सुरु भएको थियो। २०६१ साल असार १९ गते बेलुकी साढे ६ बजे घरमा कुटपिट गरेर नजिकै रहेको मकै बारीमा लगेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताए।

घाँटी थिचेर हत्या गरेको बुझिएको छ। मुलुकी ऐन २०२० को ज्यान सम्बन्धी महलको १ नम्बर बमोजिम ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology