शनिबार, बैशाख ५, २०८३
Follow us:

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

  • सत्य खबर नेपाल

  • शुक्रबार, असार १३, २०८२

  • 93
    SHARES
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मी । विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए रातिनै उनीहरुलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो।

घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology