शनिबार, बैशाख ५, २०८३
Follow us:

बलात्कार आरोपमा पक्राउ परे वाइसिएल नेता

बलात्कार आरोपमा पक्राउ परे वाइसिएल नेता

  • सत्य खबर नेपाल

  • शुक्रबार, असार १३, २०८२

  • 116
    SHARES
बलात्कार आरोपमा पक्राउ परे वाइसिएल नेता

काठमाडौं। बलात्कार आरोपमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलका एक नेता पक्राउ परेका छन्। रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्रीलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो। क्षेत्री वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज हुन्।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार सानोभेरी गाउँपालिकामा रहेको एउटा होटलबाट उनलाई पक्राउ गरिएको थियो।

उनीमाथि जाजरकोटकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। जो अहिले छोरीकी आमा समेत भइसकेकी छन्।

१७ वर्षकी किशोरीले आफूमाथि क्षेत्रीले जबरजस्ती करणी गरेको भन्दै कार्यालयमा दुई महिनाअघि जाहेरी दिएकी थिइन्। मुलुकी अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीबिना वा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर भए पनि गरिएको करणीलाई जबरजस्ती करणी मानेको छ।

ती किशोरीलाई नेता क्षेत्रीले २०७९ चैतमा चौरजहारीको एक होटलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यही घटनाबाट छोरी जन्मिएको भनेर पनि जाहेरीमा उल्लेख गरेको डिएसपी विष्टले बताए।

क्षेत्रीले आफूलाई गर्भपतन समेत गराउन दबाब दिएपनि आफूले अस्वीकार गरेको बताएकी छन्। छोरीको जन्म भएपछि क्षेत्रीले नै सबै खर्चको व्यवस्थापन गर्ने आश्वासन दिएको र मुद्दा मामिलामा नजान समेत चेतावनी दिएको आरोप छ।

यस घटनामा दुई महिनाअघि नै जाहेरी परे पनि क्षेत्री फरार थिए। बिहीबार भने गोप्य सूचनाको आधारमा प्रहरीको टोली होटलमा पुगेर उनलाई पक्राउ गरेको डिएसपी विष्टले बताए। क्षेत्रीले आफ्नो पहुँच रहेकाले सहजै उम्किने धम्की समेत दिएको आरोप छ।

नगर खेलकुद विकास समिति चौरजहारीका अध्यक्षसमेत रहेका क्षेत्री प्रदेश र जिल्लास्तरका राजनीतिक तथा खेलकुद कार्यक्रमहरूमा अग्रस्थानमा रहने गर्थे।शुक्रबार अदालतबाट म्याद थपका लागि लैजाने तयारी प्रहरीको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology