शनिबार, बैशाख ५, २०८३
Follow us:

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ को अवस्था गम्भीर

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ को अवस्था गम्भीर

  • सत्य खबर नेपाल

  • बुधबार, असार १८, २०८२

  • 125
    SHARES
ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ को अवस्था गम्भीर

काठमाडौं। ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन्। सिदिङबा गाउँपालिकाको वडा नम्बर ३ खिर्लाबोटेमा गएराति करिब १ बजेतिर पहिरोले स्थानीय हस्तबहादुर कटुवालको घर पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

घटनामा कटुवालकी श्रीमती ६० वर्षीया ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन्। ‘उहाँलाई उपचारको लागि आज बिहान झापातिर लगिएको छ,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर रोहितकुमार शर्माले भने, ‘अरु चार जना घाइतेको अवस्था सामान्य छ।’

मध्यराति पहिरोले एक्कासी घर पुरिँदा सुतिरहेका परिवारका सबै सदस्य घाइते भएका हुन्। छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गरेका थिए। पहिरोका कारण हस्तबहादुर, छोरा जगत, बुहारी सरस्वता र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएका छन्।

दिनहुँ वर्षा भइरहेकाले ताप्लेजुङमा बाढी पहिरोको डर बढेको इन्सपेक्टर शर्माले बताए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology