शनिबार, बैशाख ५, २०८३
Follow us:

गोहीले आक्रमण गर्दा एकजनाको मृत्यु

गोहीले आक्रमण गर्दा एकजनाको मृत्यु

  • सत्य खबर नेपाल

  • शुक्रबार, असार २०, २०८२

  • 53
    SHARES
गोहीले आक्रमण गर्दा एकजनाको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौँ। चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा बिहीबार एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी निवासी २७ वर्षीय अविषेक माझीको मृत्यु भएको हो। बेलुकी ९ बजेतिर स्थानीयराजकुमार माझीसँगै माछा मार्ने क्रममा अविशेकलाई गोहीले पानीमा तानेको थियो।

घटनापछि नदीमा बेपत्ता अविषेकको शवघटनास्थल भन्दा २०० मिटर पर राति १ बजेर २० मिनेटमा भेटिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

प्रहरीका अनुसार बुढी राप्ती दक्षिणतर्फ बग्ने भए पनि गोहीले तानेर नदीको उल्टो धारतर्फ लगेको थियो। यो नदी घडियाल गोही बढी भएको नदी हो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology