शनिबार, बैशाख ५, २०८३
Follow us:

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, चार राउन्ड हवाई फायर

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, चार राउन्ड हवाई फायर

  • सत्य खबर नेपाल

  • शुक्रबार, असार २०, २०८२

  • 115
    SHARES
धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, चार राउन्ड हवाई फायर

धनुषा। विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहान तस्कर समूहसँगको झडपमा सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मोटरसाइकलमा अवैध सामानहरू लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा ठूलो समूहमा रहेको तस्करहरूसँग झडप भएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले खानतलासीका क्रममा एउटा मोटरसाइल फेला पारेको थियो।

नजिकै रहेको टहरोमासमेत खोजतलास गर्ने क्रममा ठूलो संख्यामा रहेका व्यक्तिहरूले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि जाइलागेको सहप्रवक्ता थपाले बताए।

‘खोजतलास गर्ने क्रममा सय–डेढ सयको संख्यामा रहेका मानिसहरूले सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। त्यसक्रममा ६ जना सशस्त्र प्रहरीहरू घाइते भएका छन् भने स्थिति नियन्त्रणको लागि सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाई फायर समेत गरेको थियो,’ उनले भने।

घाइते भएकाहरूमध्ये तीन जना सशस्त्र प्रहरीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने ३ जनाको अवस्था सामान्य छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology