शुक्रबार, बैशाख ४, २०८३
Follow us:

नयाँ वर्षको आगमनसंगै नेपाली खेल क्षेत्रमा उत्साह |

नयाँ वर्षको आगमनसंगै नेपाली खेल क्षेत्रमा उत्साह |

  • सत्य खबर नेपाल

  • मङ्लबार, बैशाख १, २०८३

  • 42
    SHARES

काठमाडौं | नयाँ वर्ष २०८३ को आगमनसँगै सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, जोश, ऊर्जा र आशा जागेको छ । हरेक वर्ष नेपाली खेलकुदमा पनि नयाँ वर्षमा नयाँ आशा, उत्साह र अपेक्षाका साथ खेलकुदलाई अझ उत्कृष्ट बनाउने लक्ष्य हुनेछ ।

वर्ष २०८३ मा नेपालले विश्वकप जस्तो ठूलो प्रतियोगिता त खेल्ने छैन तर एसियाको ओलम्पिक मानिने २०औं एसियाली खेलकुद यसै वर्ष जापानको आइची नागोयामा हुनेछ ।

यस वर्ष नेपालले खेल्ने यो सबैभन्दा ठूलो खेलकुद मेला हुनेछ । तर यस पटक एसियन गेम्समा सहभागी भई प्रतिस्पर्धा गर्नका लागि क्वालिफायर्स खेल्नुपर्ने देखि र्‍याङ्किङमा समावेश हुनुपर्ने प्रावधान रहेकोले नेपालबाट विगतमा भन्दा स्वभाविक रुपमा कम खेल र खेलाडी सहभागि हुने पक्का छ । तर त्यसका लागि पनि सरकारले बजेटको व्यवस्था गर्नुपर्नेछ ।

अहिले सम्म ३२ खेलका ४०० भन्दा बढी खेलाडीको नाम २०औं एसियाली खेलकुदको लागि दर्ता भएपनि कति खेलका खेलाडीले प्रतिस्पर्धा गर्छन् भन्ने अन्तिम टुङ्गो लागेको छैन ।

राष्ट्रिय खेलकुद परिषदले यसअघि नै स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने गरी मिसन २६ को सुरुवात गरेको थियो । तर मिसन २६ पनि निरन्तर सञ्चालन हुन सकेको छैन । यसको बारे विस्तृतको अर्को कथा नै बन्छ


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology