शनिबार, बैशाख ५, २०८३
Follow us:

ललितपुरको महाँकालमा बाढीले बगाएर सबइञ्जिनियरको मृत्यु

ललितपुरको महाँकालमा बाढीले बगाएर सबइञ्जिनियरको मृत्यु

  • सत्य खबर नेपाल

  • बिहिबार, असार १२, २०८२

  • 127
    SHARES
ललितपुरको महाँकालमा बाढीले बगाएर सबइञ्जिनियरको मृत्यु
प्रतिकात्मक तस्बिर

ललितपुर। ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सव इञ्जिनियर सविन दाहालको मृत्यु भएको छ।

महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो।

‘खोल्सामा साँझ अन्दाजी ७स्३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शव फेला पार्‍यौं। यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ।’ उनले भने।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology