बिहिबार, भदौ २५, २०८३
Follow us:

पत्नीको हत्यापछि फरार रहेका युवक ३ वर्षपछि पक्राउ

पत्नीको हत्यापछि फरार रहेका युवक ३ वर्षपछि पक्राउ

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार १७, २०८२

  • 101
    SHARES
पत्नीको हत्यापछि फरार रहेका युवक ३ वर्षपछि पक्राउ

काठमाडौं। पत्नीको हत्या गरेको आरोप लागेका एक युवकलाई रौतहट प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ।

इशनाथ नगरपालिका–७ निवासी फैयाद मन्सुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीन वर्षअघि श्रीमतीको हत्या गरी गहुँ खेतमा फालेर फरार रहँदै आएकामन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

उनले २०७८ माघ २६ गते २० वर्षीया श्रीमती चाँदनी खातुनको घाँटीमा सलले बेरी हत्या गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ।

खातुनको शव इशनाथ नपा–४, मठियास्थित भगाई साह बनियाँको गहुँको खेतमा फेला परे पनि मन्सुरी फरार थिए।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology