शनिबार, बैशाख ५, २०८३
Follow us:

छुरा प्रहार गरी ७५ वर्षीय ससुराको हत्या

छुरा प्रहार गरी ७५ वर्षीय ससुराको हत्या

  • सत्य खबर नेपाल

  • बुधबार, असार १८, २०८२

  • 247
    SHARES
छुरा प्रहार गरी ७५ वर्षीय ससुराको हत्या

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षीय वासुदेवप्रसाद विमलको छुरा प्रहार गरी हत्या भएको छ।

बुधवार बिहान वासुदेवलाई उनको आफ्नै ज्वाइँ बेचन महासेठले आफ्नै घरमा प्रवेश गरी छुरा प्रहार गरेर हत्या गरेका हुन्।

जनकपुरधाम उपमहानगर २१ कुर्था निवासी बेचनले ससुरा वासुदेवलाई घरायसी विवादका कारण घरमै छुरा प्रहार गरेको प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए। छुरा प्रहारबाट घाइते वासुदेवको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। घटनापश्चात् आरोपित बेचन फरार भएका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology