शनिबार, बैशाख ५, २०८३
Follow us:

जगदम्बा स्टिल उद्योगमा बिस्फोट, कम्तीमा पनि १ मजदुर घाइते

जगदम्बा स्टिल उद्योगमा बिस्फोट, कम्तीमा पनि १ मजदुर घाइते

  • सत्य खबर नेपाल

  • बिहिबार, असार १९, २०८२

  • 176
    SHARES
जगदम्बा स्टिल उद्योगमा बिस्फोट, कम्तीमा पनि १ मजदुर घाइते

बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्सको भट्टीमा बिस्फोट भएको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार गएराति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो। बिस्फोटमा परेर कम्तीमा पनि एकजना घाइते भएका प्रहरीले जनाएको छ।

घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा पुगेको थियो

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितका अनुसार बिस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन। प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए।

उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशंका गरिए पनि एक जना मात्र घाइते भएको जानकारी उद्योग प्रशासनले दिएको छ।

घाइते हुनेमा भारतको बिहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेका इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए। उनका अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology