शुक्रबार, बैशाख ४, २०८३
Follow us:

रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा

रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा

  • सत्य खबर नेपाल

  • आइतवार, असार २२, २०८२

  • 120
    SHARES
रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा

काठमाडौँ। रूपन्देही निर्वाचन क्षेत्र न। ३ को उपनिर्वाचनका लागि बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन्। आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन्।

बुटवल उपमहानगरपालिका–१९ निवासी उनले आफू जनताको भावनाको आत्मसम्मानका लागि उम्मेद्वार बनेको बताए।

आइतबार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्दै देशमा शिक्षा, स्वास्थ्य र विकासका एजेन्डा सहित चुनावमा होमिएको बताए । ‘अहिलेको माग र आवश्यकता नै स्वतन्त्र हो । त्यही भएर चुनावी मैदानमा उत्रिएको छु’ उनले भने।

उनले आफूले चुनाज जित्ने दावी गरे। २०७९ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित राप्रपाका सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै रिक्त स्थानमा उपनिर्वाचनको मिति तय भएको हो।

बोहोराले कांग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए। निर्वाचनकै बेला बिरामी रहेका बोहराको संसदमा एक पटक पनि नबोली २०८१ चैत १९ गते उपचारका क्रममा निधन भएको थियो।
निर्वाचन आयोगले रुपन्देहीमा उपनिर्वाचनको मिति तय गरेसँगै दलहरु उम्मेद्वार छनौटका लागि तयारीमा जुटेका छन् ।
रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology