शुक्रबार, भदौ २६, २०८३
Follow us:

प्रधानमन्त्री शाहसँग उद्योगी–व्यवसायीको छलफल

प्रधानमन्त्री शाहसँग उद्योगी–व्यवसायीको छलफल

  • सत्य खबर नेपाल

  • शुक्रबार, भदौ २६, २०८३

  • 7
    SHARES
प्रधानमन्त्री शाहसँग उद्योगी–व्यवसायीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।

छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology