शनिबार, बैशाख ५, २०८३
Follow us:

बढ्यो इन्धनको मूल्य, कति पुग्यो डिजल र पेट्रोलको भाउ?

बढ्यो इन्धनको मूल्य, कति पुग्यो डिजल र पेट्रोलको भाउ?

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार १७, २०८२

  • 128
    SHARES
बढ्यो इन्धनको मूल्य, कति पुग्यो डिजल र पेट्रोलको भाउ?

काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्यमा उच्च वृद्धि गरेको छ। निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर पाँच र डिजेलको मूल्य प्रतिलिटर पाँच रूपैयाँ वृद्धि गरेको हो।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट वृद्धि भएर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ। वृद्धि भएको मूल्य सोमबार मध्यरातिबाट लागू हुने निगमले जानकारी दिएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच र डिजेलरमट्टितेलमा प्रतिलिटर चार रूपैयाँले वृद्धि भएको हो।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ‘ब्रेक इभेन प्वाइन्ट’ कायम गरिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

मूल्यवृद्धिपछि पहिलो वर्गअन्तर्गतका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६२।५० र डिजेलरमट्टितेल प्रतिलिटर १४६।५० पैसा कायम भएको छ।

त्यस्तै दोस्रा वर्गअन्तर्गतका सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६४ र डिजेलरमट्टितेल प्रतिलिटर १४८ रूपैयाँ कायम भएको निगमले जनाएको छ।

तेस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ र डिजेलरमट्टितेल प्रतिलिटर १४९ रूपैयाँ मूल्य कायम भएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology