शुक्रबार, बैशाख ४, २०८३
Follow us:

ठेचोमा क्योकुशिन कराते उप-डोजो उद्घाटन, बेल्ट टेस्टमा ३१ खेलाडी उत्तीर्ण

ठेचोमा क्योकुशिन कराते उप-डोजो उद्घाटन, बेल्ट टेस्टमा ३१ खेलाडी उत्तीर्ण

  • सत्य खबर नेपाल

  • आइतवार, चैत्र २९, २०८२

  • 108
    SHARES
ललितपुर, चैत्र २८ – नेपाल क्योकुशिन काइकान सोनोडा कराते संघ अन्तर्गत ठेचो उप-डोजोको एक विशेष समारोहका बीच भव्य समुद्घाटन सम्पन्न भएको छ। ललितपुरको गोदावरी-१२, ठेचोमा आयोजित उक्त कार्यक्रममा डोजोको नयाँ भवन उद्घाटनसँगै खेलाडिहरूको ‘ग्रेडिङ’ (बेल्ट टेस्ट) समेत लिइएको थियो।
​कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि सिहान ज्ञानी रत्न शाक्यले रिबन काटेर गर्नुभएको थियो। सो अवसरमा मार्सल आर्ट्सका विभिन्न प्रदर्शनी र उत्सव मनाइएको थियो।
   ​डोजोका विभिन्न तहका खेलाडिहरूले आफ्नो कला र अनुशासन प्रदर्शन गर्दै नयाँ बेल्ट प्राप्त गर्न सफल भएका छन्। जस अन्तर्गत  ​ब्राउन बेल्ट: ३ जना ग्रीन बेल्ट: २ जना यल्लो बेल्ट: ६ जना ब्लु बेल्ट: ६ जना ओरेन्ज बेल्ट: १४ जनाले प्राप्त गरेका छन्।
​कार्यक्रमलाई सम्बोधन गर्दै सिहान ज्ञानी रत्न शाक्यले खेलकुदले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक अनुशासन र राष्ट्रप्रतिको जिम्मेवारी पनि सिकाउने बताउनुभयो। ठेचो क्षेत्रमा मार्सल आर्ट्सको विकासका लागि यो डोजोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
​कार्यक्रममा सिहान बिक्रम महर्जन सेनसेई अस्मिन के सी सेम्पाई तथा डोजोका अध्यक्ष यज्ञराज गिरी स्थानीय खेलप्रेमी, अभिभावक र करातेका अन्य वरिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology