बुधबार, जेष्ठ २०, २०८३
Follow us:

बजेटको प्रभाव: सुन तोलामै २० हजारले महँगियो

बजेटको प्रभाव: सुन तोलामै २० हजारले महँगियो

  • सत्य खबर नेपाल

  • आइतवार, जेष्ठ १७, २०८३

  • 13
    SHARES
बजेटको प्रभाव: सुन तोलामै २० हजारले महँगियो

१७ जेठ, काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र शाह नेतृत्वको सरकारले जेष्ठ १४ गते शुक्रबार  शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ ।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको थियो उक्त बृद्धिलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

‘बजेटमा घोषित भन्सार दर भोलिपल्टबाटै लागु हुन्छ, सोअनुसार महासंघले मूल्य समायोजन गरेको हो’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य मात्रै बढे पनि भन्सार शुल्ककै कारण आज सुनको मूल्य २० हजार बढेको उनले बताए ।

२० हजार ५ सय रुपैयाँ प्रतितोला मूल्य बढेसँगै आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology