शनिबार, जेष्ठ ३०, २०८३
Follow us:

भोलि सोह्रखुट्टे–नयाँबजारमा देशभरका कृषक प्रतिनिधि भेला हुँदै, किसानका मुद्दाको पहिचान गरिने

भोलि सोह्रखुट्टे–नयाँबजारमा देशभरका कृषक प्रतिनिधि भेला हुँदै, किसानका मुद्दाको पहिचान गरिने

  • सत्य खबर नेपाल

  • सोमवार, जेष्ठ २५, २०८३

  • 32
    SHARES
भोलि सोह्रखुट्टे–नयाँबजारमा देशभरका कृषक प्रतिनिधि भेला हुँदै, किसानका मुद्दाको पहिचान गरिने

काठमाडौं । ‘कृषकको आवाज’ अभियानको आयोजनामा भोलि काठमाडौं महानगरपालिका वडा नं. १६ अन्तर्गत सोह्रखुट्टे–नयाँबजार क्षेत्रमा देशभरका कृषकहरूको भेला हुने भएको छ।

अभियानका पूर्व  संयोजक विक्रम राईका अनुसार भेलामा विभिन्न प्रदेश, जिल्ला, पालिका तथा वडाबाट सहभागी हुने वास्तविक किसानहरूको समस्या र सरोकार पहिचान गरिनेछ। पहिचान गरिएका मुद्दाहरूको समाधानका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने उद्देश्य रहेको उनले बताए।

अभियानअन्तर्गत पूर्व  संयोजक विक्रम राईले र पश्चिम  संयोजन दिवाकर शर्माले गरिरहेका छन्। पश्चिम संयोजक शर्माले देशभरबाट उल्लेख्य संख्यामा कृषक प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिए।

भेलाले किसानका उत्पादन, बजारीकरण, मल–बीउ, सिंचाइ, कृषि अनुदान तथा अन्य व्यावहारिक समस्यामाथि छलफल गर्दै साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology