सिमरा, असार ८ — जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ। निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता ५२९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी मनोज कुमार गुप्ताले १९६ मत प्राप्त गरेका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्षमा शिवजी प्रसाद साह सोनार ५०२ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी सन्तोष कुशवाहाले १९५ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष (वाणिज्य) पदमा रामबाबु कलवार ५३१ मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी प्रमोद साह तेलीले १९१ मत प्राप्त गरेका छन्।
महासचिव पदमा प्रकाश गिरी ५१२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुशील शर्माले १८८ मत प्राप्त गरेका छन्।
निर्वाचनबाट नयाँ नेतृत्व चयन भएसँगै उद्योगी तथा व्यवसायीहरूले नवनिर्वाचित नेतृत्वले संस्थाको गरिमा अभिवृद्धि गर्दै व्यवसायीहरूको हकहित संरक्षण, औद्योगिक तथा व्यावसायिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
हेरौ मत परिणामः

