शनिबार, साउन ३०, २०८३
Follow us:

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोटका लागि ५ जना अन्तर्वार्तामा छनोट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोटका लागि ५ जना अन्तर्वार्तामा छनोट

  • सत्य खबर नेपाल

  • बिहिबार, साउन २१, २०८३

  • 17
    SHARES
नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोटका लागि ५ जना अन्तर्वार्तामा छनोट

काठमाडौं, साउन २१ — नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने प्रक्रियाअन्तर्गत पाँच जना उम्मेदवार अन्तिम चरणका लागि छनोट भएका छन्। अर्थ मन्त्रालयले बिहीबार प्रकाशित सूचनाअनुसार शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा उनीहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिएको हो।

छनोट भएका उम्मेदवारहरूमा:

  • अर्जुन कुमार गौतम
  • गोपाल घिमिरे
  • पर्वत कुमार कार्की
  • यज्ञ प्रकाश न्यौपाने
  • समता पन्त भट्ट रहेका छन्।

सूचनाअनुसार उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २५ र २६ गते अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा तोकिएको समयअनुसार सञ्चालन हुनेछ।

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले उक्त सूचना सार्वजनिक गरेको हो।

हेरौ सूचनाः


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology