बिहिबार, भदौ २५, २०८३
Follow us:

भोटेकोशी बाढी प्रभावितका लागि प्यासन फाउन्डेशनको सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि प्यासन फाउन्डेशनको सहयोग

  • सत्य खबर नेपाल

  • बिहिबार, भदौ ११, २०८३

  • 34
    SHARES
भोटेकोशी बाढी प्रभावितका लागि प्यासन फाउन्डेशनको सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि शैक्षिक परामर्श क्षेत्रमा अतुलनिय योगदान पुर्याईरहेको प्यासन पाउन्डेशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरी १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा व्यापक कटान र डुबान भएको छ। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको, कैयौँ नागरिक बेपत्ता भएको तथा सयौँ परिवार विस्थापित हुनुपरेको बताइएको छ। बाढीले स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनासमेत क्षतिग्रस्त बनाएको छ।

प्यासन फाउन्डेशनले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराउन लागेको बैंकले जनाएको छ।

“अचानक आएको बाढीका कारण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले ज्यान गुमाउनुभएको छ भने केही अझै बेपत्ता हुनुहुन्छ। यस दुःखद् घटनाले हामी सबैलाई अत्यन्तै मर्माहत बनाएको छ।यस्तो कठिन र पीडादायी अवस्थामा हामी सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो।” प्यासन फाउन्डेशनका संस्थाापक तथा अध्यक्ष पुष्पराज पहराईले बताए।

साथै,अध्यक्ष / सञ्चालक पहराईले Passion Foundation का सम्पूर्ण कर्मचारी तथा परिवारका सदस्यहरूलाई पनि आफूले सक्ने सहयोग गर्न हार्दिक अनुरोध गरेका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology