वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
कम्पनीका अनुसार विपत्का कारण आफ्नै नेटवर्क तथा पूर्वाधारमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भए पनि प्रभावित नागरिकलाई सञ्चार सेवाबाट लामो समय वञ्चित हुन नदिन सेवा पुनर्निर्माणलाई प्राथमिकता दिइएको थियो । बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको मर्मत तथा पुनर्निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
बाढीका कारण सडक, विद्युत्लगायतका पूर्वाधारमा क्षति पुगेको अवस्थामा पनि वर्ल्डलिंकका प्राविधिक तथा सम्बन्धित टोली प्रभावित क्षेत्रमा नेटवर्क मर्मत र पुनर्निर्माणमा खटिएका थिए ।
कम्पनीले विपत्को समयमा इन्टरनेट सेवा सूचना तथा सञ्चारको माध्यम मात्र नभई उद्धार, राहत तथा आपत्कालीन समन्वयका लागि समेत महत्त्वपूर्ण हुने जनाएको छ । त्यसैले सेवा निरन्तर राख्नुलाई पनि सामाजिक उत्तरदायित्वकै हिस्सा मानेर काम गरिएको उसको भनाइ छ ।
वर्ल्डलिंकका अनुसार पछिल्लो सहयोग व्यावसायिक स्वार्थभन्दा बाहिर रहेर मानवीय तथा राष्ट्रिय दायित्वका रूपमा प्रदान गरिएको हो । आफ्नै पूर्वाधारमा क्षति पुगेको अवस्थामा पनि बाढी तथा पहिरो प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सहयोग गरिएको कम्पनीले जनाएको छ ।